एमसीसी अन्तर्गतका परियाेजनालाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय « Arthapath.com
७ असार २०८३, आइतबार

एमसीसी अन्तर्गतका परियाेजनालाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय



काठमाडाें । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसनले एमसीसी नेपाल कम्प्याक्टको कार्यान्वयनलाई निरन्तरता दिने भएको छ ।

अमेरिकी सरकारले वैदेशिक सहयोगमा लगाइएको स्थगनका सन्दर्भमा विशेष छुट अन्तर्गत एमसीसी नेपाल कम्प्याक्टको कार्यान्वयनलाई निरन्तरता दिने निर्णय गरेको मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपालले बुधबार एक विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

एमसिए–नेपालले २९७ किमि विद्युत् प्रसारण लाइन निर्माण तथा सडक मर्मत लगायतका कार्यसम्बन्धी खरिद प्रक्रिया सम्पन्न गर्नेसहितका कम्प्याक्ट क्रियाकलाप कार्यान्वयन गर्न मिलेनियम च्यालेञ्च कर्पोरेशन (एमसीसी) सँग निकटतापूर्वक काम गरिरहेको छ।

एमसिए–नेपालले वैदेशिक सहयोगसम्बन्धी समीक्षा थालनी हुनुपूर्व नै अगाडि बढिसकेको तीन वटा सबस्टेशन एवं १८ किमि सीमापार प्रसारण लाइन निर्माणसम्बन्धी कार्यलाई निरन्तरता दिइरहेको छ।

‘एमसिए–नेपाल नेपालको ऊर्जा र यातायात क्षेत्रको विकासमा महत्वपूर्ण प्रभाव पार्ने यी पूर्वाधार आयोजनाहरू सम्पन्न गर्न प्रतिबद्ध छ र यस कम्प्याक्ट कार्यान्वयनका लागि एमसीसीको निरन्तर साझेदारीका लागि हार्दिक आभार प्रकट गर्दछ’ विज्ञप्तिमा भनिएकाे छ ।


प्रतिक्रिया दिनुहोस्