बुधबार प्रतिताेला १२०० रूपैयाँले बढ्याे सुनकाे मूल्य

काठमाडाैं । बुधबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ। मंगलबार प्रतितोला २४०० रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला १२०० रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९१ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार पाँच रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बुधबार चाँदीको मूल्य भने ताेलामा १० रूपैयाँले घटेको छ। मंगलबार प्रतितोला दुई हजार एक सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला दुई हजार एक सय ४५ किनबेच भइरहेको छ।