भन्सार विधेयक २०८० राष्ट्रिय सभाबाट सर्वसम्मत पारित « Arthapath.com
१९ असार २०८२, बिहीबार

भन्सार विधेयक २०८० राष्ट्रिय सभाबाट सर्वसम्मत पारित




काठमाडौँ । भन्सार विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएको छ।

आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विधेयक पारित गर्न प्रस्ताव प्रस्तुत गरेका थिए, जुन सर्वसम्मतिले पारित भयो।

प्रस्ताव पेस गर्दै अर्थमन्त्री पौडेलले नयाँ भन्सार कानुन कार्यान्वयनपछि चुहावट नियन्त्रण, प्रविधिको प्रयोगमा वृद्धि र भन्सार जाँचपास प्रक्रिया छरितो तथा प्रभावकारी हुने विश्वास व्यक्त गरे।

उनका अनुसार भन्सार ऐनलाई प्रविधिमैत्री, आधुनिक र अन्तर्राष्ट्रिय अभ्यास अनुरूप बनाउन यो विधेयक आवश्यक भएको हो। नेपाल पक्ष रहेको क्योटो महासन्धिको मापदण्डअनुसार भन्सार जाँच प्रणाली सुधार गर्न र कारोबार प्रक्रियालाई सहज बनाउन विधेयक ल्याइएको हो।


प्रतिक्रिया दिनुहोस्