नेशनल लघुवित्त वित्तीय संस्थाको बाह्रौं वार्षिकाेत्सव सम्पन्न « Arthapath.com
१९ असार २०८२, बिहीबार

नेशनल लघुवित्त वित्तीय संस्थाको बाह्रौं वार्षिकाेत्सव सम्पन्न



काठमाडाैं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड आफ्नो कारोबार शुरू गरेको एघारौं वर्ष पुरा गरी बाह्रौं वर्षमा प्रवेश गरेको छ ।

यसै अवसरमा मम्पनीले १८५ वटै शाखा कार्यालयहरु तथा केन्द्रीय कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरी बाह्रौं वार्षिकाेत्सव मनाएकाे हाे ।

कार्यक्रममा काभ्रे बहिरा विद्यालयलाई खाद्यान्न तथा शैक्षिक सामाग्री हस्तान्तरण, रक्तदान कार्यक्रम, बृद्धाश्रमलाई सहयोग, सरसफाई कार्यक्रम, प्रहरी कार्यालयलाई सहयोग, परोपकारी संस्थालाई सहयोग, वित्तीय साक्षरताका कार्यक्रम साथै विभिन्न सामाजिक कृयाकलापमा भाग लिई वार्षिक उत्सव मनाईएको छ ।

संस्थाले यस अबधि सम्म ७४ जिल्लाका १८५ वटा शाखा कार्यालय मार्फत २ लाख ४६ हजार घर परिवारमा आफ्नो सेवा विस्तार गरी उनीहरूलाई रू.२५ अर्ब १५ करोड कर्जा लगानी गरेको साथै सदस्यहरूबाट करिव रू.७ अर्व करोड बचत परिचालन गरेको छ ।

गैर वित्तीय कार्यक्रममा ग्राहकहरुलाई वित्तीय साक्षरता, विभिन्न तालिम तथा उद्यमशिलता विकाश, ग्राहकहरुको प्रविधिमा पहुंच अभिबृद्धिका साथै डिजिटल बैकिङ सेवालाई प्रभावकारी बनाउदैै लगिने साथै सामाजिक कृयाकलापलाई उच्च प्राथमिकतामा राखी अगाडी वढने विषयमा संस्थाका प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादवले जानकारी गराए ।


प्रतिक्रिया दिनुहोस्