अन्डाको भाउ फेरि बढ्यो, प्रतिक्रेट कति पुग्यो ?

काठमाडौं । अन्डाको मूल्य फेरि बढाइएको छ । नेपाल लेयर्स कुखुरापालक संघले भोलि अर्थात् शुक्रबारदेखि लागू हुने गरी मूल्य बढाएको हो ।
संघका अनुसार ठूलो अन्डाको नयाँ मूल्य प्रतिक्रेट ४९५ रुपैयाँ र मिडियम अन्डाको ४६५ रुपैयाँ तोकिएको छ ।
उत्पादन घटेर माग बढेकाले मूल्य समायोजन गरेको संघले जनाएको छ ।