इनफिनिक्सले नेपालमा सार्वजनिक गर्‍यो स्मार्ट १० र स्मार्ट १० प्लस, सुरुवाती मूल्य मात्र रू ११,४९९ « Arthapath.com
१९ असार २०८२, बिहीबार

इनफिनिक्सले नेपालमा सार्वजनिक गर्‍यो स्मार्ट १० र स्मार्ट १० प्लस, सुरुवाती मूल्य मात्र रू ११,४९९



काठमाडौं । इनफिनिक्स नेपालले बहुप्रतीक्षित स्मार्ट १० सिरिज अन्तर्गत दुई नयाँ स्मार्टफोनहरू स्मार्ट १० र स्मार्ट १० प्लस नेपाली बजारमा सार्वजनिक गरेको छ।

अत्याधुनिक फिचर, आकर्षक डिजाइन र सस्तो मूल्यमा उपलब्ध यी मोडेलले विशेष गरी बजेट-मैत्री स्मार्टफोन खोज्ने प्रयोगकर्तालाई लक्षित गरेका छन्।

स्मार्ट १० (४+६४जीबी) को मूल्य मात्र रू. ११,४९९ र स्मार्ट १० प्लस (४+१२८जीबी) को मूल्य रू. १२,९९९ तोकिएको छ। दुबै फोनहरूमा ६.६७ इन्चको ठूलो एचडी+ डिस्प्ले र १२०Hz रिफ्रेश रेट रहेको छ, जसले स्क्रोल, स्वाइप र गेमिङ अनुभवलाई निकै स्मूथ बनाउँछ। यति कम मूल्यमा यस्तो प्रिमियम डिस्प्ले पहिलो पटक प्रयोगकर्तालाई उपलब्ध भएको बताइएको छ।

इनफिनिक्स नेपालका नेशनल सेल्स म्यानेजर पियुष गिरीका अनुसार, “स्मार्ट १० सिरिज त्यस्ता प्रयोगकर्ताहरूका लागि ल्याइएको हो, जसलाई स्मूथ डिस्प्ले, बलियो ब्याट्री र राम्रो परफर्मेन्स चाहिन्छ तर त्यो पनि बजेटमा। यो सिरिजले प्रयोगकर्तालाई प्रिमियम अनुभव प्रदान गर्नेछ।”

स्मार्ट १० मा ५०००mAh ब्याट्री र १५ वाट फास्ट चार्जिङ सुविधा दिइएको छ भने स्मार्ट १०प्लस मा ६०००mAh ब्याट्री र १८वाट फास्ट चार्जिङ उपलब्ध छ, जसले लामो समयसम्म फोन चलाउन सहज बनाउँछ। स्टोरेजको हिसाबले स्मार्ट १० मा ४जीबी र्याम (८जीबी सम्म विस्तार गर्न मिल्ने) र ६४जीबी स्टोरेज छ भने स्मार्ट १० प्लसमा १२८ जीबी स्टोरेज उपलब्ध छ।

क्यामेरा फिचरको कुरा गर्दा, दुवै मोडेलमा ८ मेगापिक्सेलको एआई-सञ्चालित अगाडि र पछाडि क्यामेरा f/2.0 एपर्चरसहित रहेको छ। साथै, ३००% अल्ट्रा भोल्युम डुअल स्पिकरले मनोरञ्जनमा थप मजा दिनेछ।

फोनमा धुलो र पानीबाट सुरक्षा दिने IP64 रेटिङ रहेको छ। साथै, Android 15 मा आधारित XOS 15.1 अपरेटिङ सिस्टम र वान-ट्याप इन्फिनिक्स एआई जस्ता फिचरहरू पनि समावेश गरिएको छ। इनफिनिक्सका अनुसार, यी फोनहरू TÜV-प्रमाणित स्मूथ परफर्मेन्ससहित आएका छन्, जसले ४८ महिनासम्म स्मूथ अनुभव दिन्छन्।

स्मार्ट १० र स्मार्ट १० प्लस Sleek Black, Titanium Silver, Iris Blue र Twilight Gold रंगहरूमा उपलब्ध छन्। यी दुवै मोडेल नेपालभरका अधिकृत इन्फिनिक्स स्टोरहरूमा खरिद गर्न सकिनेछ। थप जानकारी र अफरहरूको लागि इन्फिनिक्स नेपालको आधिकारिक वेबसाइट वा फेसबुक पेज हेर्न सकिन्छ।

इनफिनिक्स एक अन्तर्राष्ट्रिय प्रविधि ब्रान्ड हो, जसले युवापुस्तालाई लक्षित गर्दै उच्च प्रदर्शन, नवप्रवर्तनयुक्त स्मार्टफोनहरू निर्माण गर्दै आइरहेको छ। ४० भन्दा बढी देशमा उपस्थित यो ब्रान्डले दैनिक जीवनमा स्मार्ट प्रविधिले ल्याउन सक्ने सम्भावनालाई पुनः परिभाषित गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस्