सयपत्री हाइड्रोपावरको सेयर लकइन अवधि सकिँदै « Arthapath.com
२० असार २०८२, शुक्रबार

सयपत्री हाइड्रोपावरको सेयर लकइन अवधि सकिँदै



काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडको सेयरको लक इन अवधि सकिने मिति नजिकिएको छ ।

कम्पनीको २२ लाख कित्ता बढी सेयरको लकइन अवधि आगामी साउन २३ गते सकिने भएको हो ।

कम्पनीको लकइन अवधिमा संस्थापक तर्फको २१ लाख कित्ता, आयोजना प्रभावित स्थानीयको नाममा रहेको १ लाख ७८ हजार ९४० कित्ता र कम्पनीका कर्मचारीसँग रहेको १४ हजार ४२१ कित्ता सेयर छ ।

लकइन अवधि खुलेपछि भने संस्थापक र कर्मचारीले ती सेयर बिक्री गर्न सक्ने छन् ।


प्रतिक्रिया दिनुहोस्