लाइसेन्स प्रणालीमा समस्या, सबै सेवा अनिश्चितकालका लागि बन्द

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रणालीमा समस्या देखिएपछि यातायात व्यवस्था विभागले आजदेखि लाइसेन्ससम्बन्धी सबै सेवा बन्द गरेको छ ।
विभागले सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्म सेवाहरू बन्द रहने जानकारी दिएको हो ।
प्राविधिक समस्याको समाधान प्रक्रिया जारी रहेको विभागले जनाएको छ । समस्या पूर्ण रूपमा समाधान नभएसम्म सेवा सञ्चालन नहुने स्पष्ट गरिएको छ ।
