सरकारको कूटनीतिक कमजोरीले राष्ट्र बैंकमा भारू ५०० र हजारका नोट कुहिँदै छन्ः उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा पूर्वमन्त्री उपेन्द्र यादवले नेपाल राष्ट्र बैंकमा सञ्चित भारतीय रुपैयाँ ५०० र १००० दरका नोटहरू कुहिने अवस्थामा पुगेको बताएका छन्।
प्रतिनिधिसभाको अर्थ समिति बैंठकमा उनले भारतसँग सरकारको कूटनीतिक कमजोरीका कारण यस्ताे अवस्था सिर्जना भएकाे आरोप लगाए।
यादवले राष्ट्र बैंकमा वर्षौंदेखि थन्किएका भारतीय उच्च दरका नोटहरू बदल्ने विषयमा सरकार निष्क्रिय रहेको बताए।
भारत सरकारले सन् २०१६ मा भारू ५०० र १००० का नोटहरू अवैध घोषणा गरेपछि ती दरका नोटहरू नेपालमा नचलेका नोट का रूपमा जमिन थाले। हजारौं नागरिक तथा साना व्यापारीहरूसँग रहेका ती नोटहरू अहिले पनि प्रमाणित सटहीको व्यवस्था नहुँदा राष्ट्र बैंकमा नै अड्किएका छन्।
यादवले सरकारलाई ूइकोनोमिक डिप्लोमेसीू प्रभावकारी रूपमा प्रयोग गर्न नसकेको भन्दै आलोचना गरे। “नेपाल(भारत आर्थिक सम्बन्ध निकै घनिष्ठ भए पनि यस्तो संवेदनशील विषयमा संवाद नहुनु चिन्ताजनक हो,” उनले थपे।
भारतबाट आउने पर्यटकहरूलाई नेपालमा भारू १०० भन्दा माथिका नोट ल्याउन नपाउने व्यवस्थाले पनि पर्यटन उद्योगलाई असर पुर्याएको उनकाे भनाइ छ ।
पूर्वमन्त्री यादवले यो समस्या समाधानको एक मात्र उपाय भारतसँग उच्चस्तरीय संवाद रहेको भन्दै सरकारलाई तत्काल पहल गर्न आह्वान गरे ।