पसल बन्ददेखि राष्ट्रिय खबरदारी सभा सम्म, सुनचाँदी व्यवसायीको साताव्यापी आन्दोलन कार्यक्रम « Arthapath.com
२२ असार २०८२, आईतबार

पसल बन्ददेखि राष्ट्रिय खबरदारी सभा सम्म, सुनचाँदी व्यवसायीको साताव्यापी आन्दोलन कार्यक्रम



काठमाडौं । सरकारले नयाँ आर्थिक वर्ष २०८२–८३ देखि सुनचाँदीमा लगाएको कर खारेजको माग गर्दै व्यवसायीहरूले असार २७ गतेसम्म आन्दोलन जारी राख्ने भएका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले संयुक्त रूपमा आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका हुन् । उनीहरूले काठमाडौं उपत्यकामा पसल बन्द गर्दै विरोध प्रदर्शनलाई तीव्र बनाउने बताएका छन् ।

कार्यक्रमअनुसार असार २२ गते वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ज्ञापनपत्र बुझाउने र न्युरोडमा प्लेकार्डसहित विरोध प्रदर्शन हुनेछ । असार २३ गते विज्ञसँग छलफल, असार २४ गते बाँकी रहेका कार्यक्रम सम्पन्न गर्ने योजना छ । यस्तै, असार २५ गते गोष्ठि आयोजना, २६ मा खबरदारी सभा हुने जनाएका छन् ।

साताको अन्त्यमा अर्थात् शुक्रबार राष्ट्रियस्तरको खबरदारी सभासमेत आयोजना गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्