सेयर बजारको उकालो यात्रामा ब्रेक, कारोबार रकम पनि घट्यो
काठमाडाैं । लगातार ६ दिन बढेकाे सेयर बजारमा साेमबार भारी अंककाे गिरावट आएको छ । साताकाे दाेस्राे काराेबार दिन आज (साेमबार) नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २१.६० अंकले घटेर २६ सय ८४ दशमलव ७६ बिन्दुमा पुगेकाे छ ।
नेप्से परिसूचकसँगै आज काराेबार रकम पनि घटेकाे छ । यसदिन ३११ कम्पनीकाे १ कराेड ९४ लाख १५ हजार कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३७ कराेड ७३ लाख २७ रूपैयाँकाे काराेबार भएकाे छ ।
हिजाे ३१८ कम्पनीकाे २ कराेड ७१ लाख ३२ हजार ३०८ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ५० कराेड ३ हजार रूपैयाँकाे काराेबार भएकाे थियाे ।
आज हाेटल तथा टुरिजम र म्युचुअल फण्डबाहेकसबै समुह घटेका छन् । यसदिन फाइनान्स समुह सर्वाधिक ३.६९ प्रतिशतले घटेकाे छ । यस्तै आज विकास बैंक समुह १.३१, व्यापार समुह १.२४ र उत्पादन तथा प्रशाेधन १.११ प्रतिशतले घटेकाे छ ।













