नेपालको पछिल्लो आर्थिक अवस्था कस्तो ? « Arthapath.com
२४ असार २०८२, मंगलबार

नेपालको पछिल्लो आर्थिक अवस्था कस्तो ?



काठमाडौं । नेपालको पछिल्लो आर्थिक अवस्थाले सकारात्मक संकेत देखाएको छ ।

विशेषगरि नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को साउनदेखि जेठसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । राष्ट्र बैंकले प्रत्येक महिना मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्वन्धि तथ्याङ्क प्रकाशन गर्दै आएको छ ।

आर्थिक सूचकहरूले समग्रमा नेपालको वित्तीय अवस्था सुदृढ बन्दै गएको संकेत गरेका छन् । राष्ट्र बैंकका अनुसार हाल मुद्रास्फीति नियन्त्रणमा मै देखिन्छ । समिक्षा अवधिमा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति २.७२ प्रतिशत मात्र रहेको छ, जुन तुलनात्मक रूपमा नियन्त्रणमा छ ।

यस्तै, शोधनान्तर स्थिति ४ खर्ब ९१ अर्ब ४४ करोड रुपैयाँ बचतमा रहँदा कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १८ अर्ब ६५ करोड पुगेको छ ।

समिक्षा अवधिमा आयात १३.१ प्रतिशत र निर्यात ७७.८ प्रतिशत वृद्धि भएको छ । यस्तै, विप्रेषण आप्रवाह (रेमिट्यान्स) नेपाली रुपैयाँमा १५.५ प्रतिशत र डलरमा १२.७ प्रतिशत बढेको छ । जेठ महिनामात्रै १ खर्ब ७६ अर्ब ३२ करोड विप्रेषण भित्रिएको छ ।

सरकारको कुल खर्च १२ खर्ब ८२ अर्ब ९४ करोड पुगेको छ भने राजस्व १० खर्ब १६ अर्ब ९ करोड संकलन गरिएको छ ।
मुद्राप्रदाय वार्षिक विन्दुगत रूपमा १२ प्रतिशत बढेको छ । बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप र निजी क्षेत्रको कर्जा प्रवाह दुवै ८ प्रतिशत वृद्धि भएका छन् ।

मुलुकको आर्थिक स्थिति कस्तो छ ? हेनुहोस् पूर्णपाठ

Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Eleven-Months-data-of-2081.82


प्रतिक्रिया दिनुहोस्