आन्तरिक कर्जा ३.४ प्रतिशतले बढ्याे « Arthapath.com
२४ असार २०८२, मंगलबार

आन्तरिक कर्जा ३.४ प्रतिशतले बढ्याे



काठमाडौं । आर्थिक वर्ष २०८१÷८२ को एघार महिनामा कुल आन्तरिक कर्जा ३.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ३.५ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ जेठ मसान्तमा यस्तो कर्जा ६.० प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी २२.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी १२.५ प्रतिशतले घटेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ जेठ मसान्तमा यस्तो दाबी ७.६ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ८.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ६.६ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ जेठ मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ८.२ प्रतिशतले बढेको छ ।


प्रतिक्रिया दिनुहोस्