सेयर बजारमा सामान्य सुधार, साढे ६ अर्बमा खुम्चियो कारोबार

काठमाडाैं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा सुधार देखिएकाे छ । आज सेयर बजार मापक नेप्से परिसूचक ३.६१ अंकले बढेर २६ सय ८७ दशमलव ६३ बिन्दुमा रोकिएको छ ।
सेयर बजार बढे पनि आज कारोबार रकम भने घटेको छ । आज ३०४ कम्पनीको १ करोड ५० लाख २७ हजार ३७२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५७ करोड ४१ लाख ६६ हजार रुपैयाँको कारोबार भएको छ ।
हिजो ३११ कम्पनीकाे १ कराेड ९४ लाख १५ हजार कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३७ कराेड ७३ लाख २७ रूपैयाँकाे काराेबार भएकाे थियो ।
यसदिन बैंकिङ, हाेटल तथा पर्यटन, म्युचुअल फण्ड, निर्जीवन बीमा र अन्य समुहका उपसूचक घटेका छन् भने बाँकी सबै समुहका उपसूचक घटेका छन् । आज फाइनान्स समुह सर्वाधिक १.४१ प्रतिशतले बढेकाे छ ।