ललितपुरको कुसुन्तीमा वर्ल्डलिंक सङ्ग्रहालय स्थापना
नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले आफ्नो ऐतिहासिक उपलब्धि, प्रविधिमा पुर्याएको योगदान तथा संघर्षसहितको गौरबपूर्ण विगतलाई समेट्ने गरी वर्ल्डलिंक सङ्ग्रहालयको स्थापना गरेको छ ।
सङ्ग्रहालयमा वर्ल्डलिंकले स्थापना कालदेखि अहिलेसम्म, इमेलरइन्टरनेट, डायलअप, भी-स्याट, वायरलेस, केवल इन्टरनेट तथा एफटीटीएच यात्रामा प्रयोग गरेका विभिन्न प्रविधियुक्त उपकरणहरू राखिएको छ । यी उपकरण र प्रविधि प्रयोगबाहिर गइसकेका छन्, तर ती नेपालको इन्टरनेट इतिहासको संस्मरणका लागि निकै महत्वपूर्ण छन् ।
इतिहास झल्किने यस्ता प्रविधिलाई एकै स्थानमा सुरक्षित र संग्रहित रूपमा राख्नु हामीले आफ्नो कर्तव्य र सामाजिक दायित्व पनि ठानेका छौं । वर्ल्डलिंक सङ्ग्रहालयलाई अध्ययन, अवलोकन, अनुसन्धान लागि नै राखिएको हो । यो सङ्ग्रहालय भविष्यमा नेपालको इन्टरनेट प्रविधिको विकासक्रमको अध्ययन गर्ने र ज्ञान बटुल्ने साझा थलो बन्ने विश्वास कम्पनीको छ ।
यसबाट नेपालमा सूचना प्रविधि अध्ययन गरिरहेका विद्यार्थी, अनुसन्धानकर्ता, इतिहासविद, लेखक, सञ्चारकर्मी लगायतलाई विगतका प्रविधिहरू अवलोकन गर्न, सिक्न र बुझ्न सहयोग पुग्ने कम्पनीकाे विश्वस्त छ । यसले विद्यार्थी, अनुसन्धानकर्ता तथा प्राविधिक वर्गलाई इन्टरनेट प्रविधिको क्रमिक विकास तथा नेपालको डिजिटल यात्रामा वर्ल्डलिंकको भूमिका बुझ्न महत्वपूर्ण आधार प्रदान गर्ने कम्पनीले जनाएकाे छ ।
वर्ल्डलिंकले देशका दुर्गम गाउँदेखि शहरसम्म इन्टरनेट सेवा पुर्याउँदै डिजिटल पहुँचलाई सरल बनाएको छ । यो सङ्ग्रहालय त्यही यात्राको प्रतिविम्ब हो, जसले नेपालमा प्रविधिको विकास र विस्तारमा वर्ल्डलिंकले पुर्याएको योगदानलाई अमर बनाउनेछ।
सङ्ग्रहालयमा डायलअप् इन्टरनेट मा प्रयोग भएका उपकरण तत्कालिन कम्पुटर मोडेम वायरलेसमा पर्योग भएका डिस्क, तत्कालिन रुपमा प्रयोग भएका यफटिटियच का पुराना उपकरण राखिएको र सङ्ग्रहालय अबलोकन गर्न शुक्रबार १० बजे देखि ४ बजे सम्म कलेज अध्यनरत विद्यार्थीहरु लाइ खुल्ला गर्ने किरण राज गौतमले जानकारी दिए ।
कम्पनीका अध्यक्ष दिलीप अग्रवालको प्रमुख आतिथ्यता र सह–संस्थापक तथा कार्यकारी निर्देशक मनोज अग्रवाल, कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव नेपालको विशेष उपस्थितिमा वर्ल्डलिंकको आफ्नै भवन कार्यालय परिसर, ललितपुर, कुसुन्तीमा यो सङ्ग्रहालय उद्घाटन गरिएको हो ।
















