बोटलर्स नेपालको सीइओमा अजय कोनाले नियुक्त
काठमाडाैं । कोकाकोलाको नेपाली उत्पादक कम्पनी बोटलर्स नेपाल (तराई) को नयाँ प्मुख कार्यकारी अधिकृत(सिइओ) मा अजय चान्बासप्पा कोनाले नियुक्त भएका छन् ।
कम्पनकिो सञ्चालक समितिको निर्णयअनुसार उनलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो ।
कम्पनीले यो निर्णयबारे बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई जानकारी गराएको छ। यसअघि २०७९ फागुनमा सीईओ बनेका दीपक सेन्थिलनाथ गुणलानलाई सञ्चालक समितिमा समेट्दै नयाँ सीईओका रूपमा कोनालेलाई नियुक्त गरिएको हो।
इन्जिनियरिङमा स्नातक र एमबीए गरेका कोनाले २००७ देखि कोकाकोला इन्डियामा कार्यरत छन्। ब्राण्ड तथा बजार व्यवस्थापनमा दखल राख्ने उनी कोकाकोला इन्डियामा पोषण, बजार तथा ब्राण्ड निर्देशकका रूपमा काम गर्दै आएका थिए।


















