नेप्सेमा दाेहाेराे अंककाे वृद्धि, बैंकिङ समुहमा झुम्मिए लगानीकर्ता
काठमाडाैं । साताकाे अन्तिम काराेबार दिन बिहिबार पनि सेयर बजार दाेहाेराे अंकले बढेकाे छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव १५ अङ्कले बढेर २ हजार ७ सय ३३ दशमलव ०६ विन्दुमा पुगेको छ ।
सेयर बजारसँगै आज काराेबार रकम पनि बढेकाे छ । यसदिन ३१२ कम्पनीको २ करोड ६४ लाख ७० हजार कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ६८ करोड २४ लाख ८८ हजार रुपैयाँ माथिको सेयर कारोबार भएको छ ।
हिजाे ३१६ कम्पनीको १ करोड १५ लाख २२ हजार ९ सय ७० कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४५ करोड रुपैयाँ माथिको सेयर कारोबार भएको थियाे ।
यसदिन व्यापार समुह १.१० र जलविद्युत समुह ०.१९ प्रतिशतले घटेकाे छ भने बाँकी सबै समुह बढेका छन् । आज बैंकिङ समुह सर्वाधिक ३.१५ प्रतिशतले बढेकाे छ ।















