विद्युतको खपत बढाउन ईभीको करलाई स्थिर राखेका हौंः अर्थमन्त्री विष्णु पौडेल
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले मन्त्री पौडेलले अर्थमन्त्रीले विद्युतको खपत बढाउनको लागि ईभीको करलाई स्थिर राखिएको बताए ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजना र पुरस्कार वितरण तथा बजेट र मौद्रिक नीति समन्वय अन्तरक्रिया कार्यक्रमलाई संबोधन गर्दै यस्तो बताएका हुन् । उनले बजेट मार्फत नेपालको उर्जा खपत बढाउनकोलागि विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गरेको बताएका हुन् ।
मन्त्री पौडेलले आफु करका नीति र करका दरमा स्थिर नीति लिएको बताएका छन् । अर्थमन्त्रीले बजेट ल्याउने मात्रै नभई कार्यन्वयन समेत जिम्मेवारी रहेको बताए । आगामी वर्षको बजेट कार्यन्वयनको तयारी गरिरहेको बताए ।
बजेटमा टेक एन्ड पेको विषयमा अन्यौल भएपनि स्पष्ट पारेसंगै बैंक तथा वित्तिय संस्था, उर्जा उत्पादक लगायत सबै सन्तुष्ट रहेकाले ठिक हुँदै गएको बताएका छन्।












