इटली र जर्मनीको औपचारिक भ्रमण सम्पन्न गरी परराष्ट्रमन्त्री स्वदेश फिर्ता « Arthapath.com
७ असार २०८३, आइतबार

इटली र जर्मनीको औपचारिक भ्रमण सम्पन्न गरी परराष्ट्रमन्त्री स्वदेश फिर्ता



काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटली र जर्मनीको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएकी छन्।

उनले इटलीको रोममा आयोजित खाद्य तथा कृषि संगठन (एफएओ) को ४४औँ अधिवेशन तथा सोही अवसरमा सम्पन्न उच्चस्तरीय मन्त्रीस्तरीय सम्मेलनमा नेपाल प्रतिनिधित्व गरेकी थिइन्।

इटली भ्रमणपछि मन्त्री राणा जर्मनी पुगेकी थिइन् र त्यहाँको भ्रमण सकाएर आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत स्वदेश फर्किएकी हुन्। विमानस्थलमा उनलाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईसहित अन्य उच्च अधिकारीहरूले स्वागत गरेका थिए।

२८ जूनदेखि ४ जुलाईसम्म चलेको एफएओ अधिवेशनका विभिन्न सत्रहरूमा सहभागी हुँदै मन्त्री राणाले मुख्य सत्रलगायत उच्चस्तरीय बैठकहरूमा नेपालका तर्फबाट सम्बोधन गरेकी थिइन्।

सम्बोधनमा उनले नेपाल र योजस्ता भूबनोट रहेका देशहरुका लागि दिगो कृषि प्रणाली र हिमाली क्षेत्रका लागि जलवायु वित्तमा अनुदान दिइनुपर्ने माग राखेकी थिइन ।


प्रतिक्रिया दिनुहोस्