मौद्रिक नीतिपछि सेयर बजारमा हरियाली, नेप्सेसँगै बढ्यो कारोबार रकम
काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उत्साह देखिएको छ । राष्ट्र बैंकले शुक्रबार जारी गरेको मौद्रिक नीतिप्रति लगानीकर्ताहरू सकारात्मक देखिएपछि बजारमा उत्साह देखिएको हो ।
आज सेयर बजार मापक नेप्से परिसूचक २९.०० अंकले बढेर २७ सय ६० दशमलव ८० विन्दुमा पुगेको छ ।
नेप्सेसँगै यसदिन काराेबार रकम पनि बढेकाे छ । आज ३११ कम्पनीकाे ३ कराेड २५ लाख ९२ हजार कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ४१ कराेड ६४ लाख २८ हजार रूपैयाँ बराबररकाे काराेबार भएकाे छ ।
गत बिहिबार ३ सय १२ वटा कम्पनीका २ करोड ६४ लाख कित्ता शेयर ९ अर्ब ६८ करोड रुपैयाँमा किनबेच भएको थियाे ।
बजार बढेकाे दिन जलविद्युत, लगानी, जीवन बीमा, निर्जीवन बीमा अन्य र व्यापार समुह घटेका छन् । अन्य सबै समुह बडेका छन् ।
आज माइक्राे फाइनान्स समुह सर्वाधिक ३.६६ र बैंकिङ समुह ३.५४ प्रतिशतले बढेकाे छ ।















