काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट « Arthapath.com
७ असार २०८३, आइतबार

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट



काठमाडौं । काठमाडौं महानगरपालिकाले पौने २६ अर्ब रुपैयाँको बजेट ल्याएको छ । आइतबार बसेको १७ औं नगरसभाको पहिलो बैठकमा उपप्रमुख सुनिता डंगोलले २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार बजेट सार्वजनिक गरेकी हुन् ।

स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नु पर्ने भए पनि काठमाडौं महानगरभित्रको आन्तरिक द्वन्द्वले ढिला भएको हो ।

२५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ संचित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य वाह्य व्ययभार हुनेगरी सो रकमको अनुमानित बजेट सार्वजनिक भएको छ ।

यसअघि मेयर बालेन्द्र साहले आगामी आर्थिक वर्षका लागि १९ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्