यूनाइटेड अजोड इन्स्योरेन्सको ३१औं वार्षिक साधारण सभा सम्पन्न - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

यूनाइटेड अजोड इन्स्योरेन्सको ३१औं वार्षिक साधारण सभा सम्पन्न



काठमाडाैं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।

सभाले कम्पनीको हालको चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँको १० प्रतिशत बराबरको बोनस शेयर (२१ करोड रुपैयाँ) र ०.५२६३ प्रतिशत नगद लाभांश (करसहित १ करोड १० लाख ५२ हजार रुपैयाँ) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरूलाई न्यूनतम चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्‍याउन निर्देशन दिएको सन्दर्भमा, कम्पनीले यसअघि पारित १५ प्रतिशत हकप्रद शेयर प्रस्तावलाई परिमार्जन गर्दै बोनस शेयर वितरणपछि १० प्रतिशत हकप्रद शेयर (प्रति १०० कित्ता बराबर १० कित्ता) निष्कासन गर्ने प्रस्तावलाई पनि अनुमोदन दिएको छ।

सभाबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित भएका छन्।

साथै, नयाँ लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण, सञ्चालकहरूको नियुक्ति अनुमोदन, सञ्चालकहरूको पारिश्रमिक, भत्ता तथा सुविधासम्बन्धी व्यवस्थामा संशोधन, र प्रबन्धपत्र तथा नियमावली परिमार्जन गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने प्रस्तावहरू पनि पारित भएका छन्।


प्रतिक्रिया दिनुहोस्