१ कार्तिक २०८३, आइतबार

समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य अझ बलियो बनाइनेः मन्त्री भण्डारी



काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले देशको समृद्धिका लागि निजी क्षेत्रसँगको सहकार्यलाई अझ सुदृढ बनाइने बताएका छन्।

सिआइपी (महत्वपूर्ण व्यवसायिक व्यक्ति) सम्मान वितरण समारोहमा बोल्दै मन्त्री भण्डारीले यो सम्मानले उद्योगी(व्यवसायीहरूको मनोबल उच्च बनाउँदै निर्यात प्रवर्द्धनमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे।

‘यो सम्मान केवल सम्मानको लागि होइन। हामी निजी क्षेत्रलाई सम्मान र सहकार्यको माध्यमबाट समृद्धिको साझेदार बनाउन चाहन्छौं,’ मन्त्री भण्डारीले भने, ‘निजी क्षेत्रको मनोबल उच्च नभएसम्म आर्थिक विकास सम्भव छैन।’

उनले नेपाल सन् २०२६ मा न्यूनतम विकसित राष्ट्र (एलडिसी) बाट स्नातरोन्नति हुने तयारीमा रहेको हुँदा सरकार र निजी क्षेत्र मिलेर दीर्घकालीन रणनीति बनाउनु पर्नेमा जोड दिए।