सेयर कारोबारबाट सरकारलाई अहिलेसम्मकै धेरै पुँजीगत लाभकर
काठमाडाैं । आर्थिक वर्ष २०८१/८२ मा सरकारले सेयर कारोबारबाट साढे १६ अर्ब रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको छ। जुन हालसम्मकै ठूलाे रकम हाे।
अघिल्लाे आर्थिक वर्ष २०८०/८१ मा सरकारलाई सेयर कारोबारबाट ५ अर्ब ५१ करोड रुपैयाँ मात्र पुँजीगत लाभकर प्राप्त भएकोमा यस वर्ष सरकारले १६ अर्ब ५४ करोड रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको हो ।
गत आर्थिक वर्षमा सेयर कारोबारको कुल रकम समेत तीन गुणाले वृद्धि भई २१ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ। जबकि त्यस अघिल्लो वर्ष कारोबार रकम ७ खर्ब ३४ अर्ब रुपैयाँमा सीमित थियो।
सेयर कारोबारबाट नाफा कमाउने लगानीकर्ताले प्रत्येक कारोबारमा सरकारलाई पुँजीगत लाभकर तिर्नुपर्छ। एक वर्षभन्दा कम अवधिको लगानीबाट हुने नाफामा ७.५ प्रतिशत कर लाग्नेछ भने एक वर्षभन्दा बढी अवधिको लगानीमा ५ प्रतिशत कर लाग्छ।













