८ श्रावण २०८३, शुक्रबार

१०५ कम्पनीको सेयर भाउ बढ्यो, दुई वटाको मूल्यमा सकरात्मक सर्किट



काठमाडौं । दुई कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । सातको पहिलो कारोबार दिन उन्नती लघुवित्त र सान्भी इनर्जीको सेयर भाउ १० प्रतिशत वृद्धि भएको हो ।

आज उन्नती लघुवित्तको सेयर भाउ प्रतिकित्ता १८८.६८ रुपैयाँ बढेर २ हजार ७५.८० रुपैयाँ कायम भएको छ । यता, सान्भीको भने प्रतिकित्ता ३५.९० रुपैयाँ बढेर ३९४.९० रुपैयाँ पुगेको छ ।

यस्तै, आज ट्रेड टावरको सेयर भाउ ९.९८ प्रतिशत, शिवश्रीको ९.९८ प्रतिशत, विन्ध्यवासिनीको ९.९५ प्रतिशत, सिटी होटलको ८.५० प्रतिशत बढेको छ ।

आज यी कम्पनीहरुसहित १०५ कम्पनीको सेयर भाउ बढेको छ ।


प्रतिक्रिया दिनुहोस्