हकप्रद सेयर निष्कासन गर्न शिव श्री हाइड्रोपावरले पायो अनुमति
काठमाडौं । शिव श्री हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ ।
कम्पनीले १ः१ को अनुपातमा हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।
कम्पनीले १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ बराबरको १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर जारी गर्नेछ । सो बराबरको हकप्रद सेयर निष्कासनका लागि आज अर्थात् साउन ४ गते बोर्डबाट अनुमति पाएको हो ।
कम्पनीको हकप्रक सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड छ ।













