८ श्रावण २०८३, शुक्रबार

पक्राउ परे सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल



काठमाडौं । सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार ठगीको आरोपमा उनलाई टोखा क्षेत्रबाट पक्राउ गरिएको हो।

पीडितहरूबाट टोल फ्री नम्बर १०० मा फोनमार्फत उजुरी प्राप्त भएपछि अग्रवाललाई पक्राउ गरिएको हो। उजुरी दर्ता गराउने पीडितहरूले अग्रवालले करिब २२ करोड रुपैयाँ ठगी गरेको आरोप लगाएका छन्।

अग्रवालले सेयर कारोबार मार्फत लगानीकर्ता तथा धितोपत्र दलाल कम्पनीलाई ठगी गर्दै आएका थिए । उनको ठगीको विषयमा नेपाल धितोपत्र बोर्डले समेत अनुसन्धान गरेर कारबाही गर्ने प्रक्रिया अघि बढाएको थियो । सोही अनुसार प्रहरीले पक्राउ गरेको हो ।


प्रतिक्रिया दिनुहोस्