फाइभ जी नेटवर्क जति सक्दो छिटो सुचारु गर्न मन्त्री गुरुङको निर्देशन
काठमाडौं । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जति सक्दो छिटो फाइभ जी नेटर्वक सुचारु गर्न नेपाल टेलिकम र नेपाल दुरसञ्चार प्रधिकरणलाई निर्देशन दिएका छन् ।
मन्त्रालयमा आज एनटिसी र एनटीएको २०८२/८३ को बार्षिक बजेट तथा कार्यक्रमबारे राखिएको छलफलमा मन्त्री गुरुङले फोर जि विस्तार व्यापाक बनाउदै फाइभ जी नेटर्वकको थालनी तत्कालै गर्न निर्देशन दिएका हुन् ।
मन्त्री गुरुङका अनुसार आफुले मन्त्री भए लगत्तै पटक पटक फाइभ जी नेटर्वकको सुरु गर्न भन्दै आएपनि एक वर्ष पुगीसक्दा त्यसको कार्य सम्पादन नहुनु दुख लाग्दो विषय रहेको बताए । उनले अब भने चाडो भन्दा चाडो नेटर्वक विस्तारमा गर्नु पर्ने बताए।
त्यस्तै, छलफलका क्रममा मन्त्री गुरुङले नेपाल टेलिकम सैद्धान्तिक रुपले मात्रै जिल्लाभर पुग्नु प्रयाप्त नरहेको स्पष्ट पारे । उनले फोर जि नेटर्वक हरेक जनताका घर घरमा पुर्याउने काम प्राथमिकतामा राख्नुपर्ने बताए ।
साथै, इन्टरनेट र टेलिफोनमा समस्या आउँदा सरकारको डिजीटल फ्रेमवर्क उदेश्य सार्थक हुन कठिन हुने, जनताले सेवाको भाव महशुस गर्नबाट बञ्चीत रहने, डिजीटल सुशासन कायम गर्न चुनौति देखा पर्ने हुँदा दुरसञ्चार विस्तारमा ढिलासुस्ती नगर्न मन्त्री गुरुङकाे आग्रह छ ।
यसै गरि उनले राजमार्गहरुमा देखा पर्ने नेटवर्क असुविधा कम गर्न पनि एनटीए र एनटिसीलाई ध्यानार्काषण गराए। जहाँ जनतालाई अत्यन्त नेटर्वकको जरुरी हुन्छ, त्यहा सेवा विस्तारमा चनाखो हुन पनि उहाँले जोड दिए ।
मन्त्री गुरुङका अनुसार पर्यटन प्रवद्र्धन गर्न इन्टरनेट र टेलिफोन सुविधाको अत्यन्त जरुरी हुने उल्लेख गर्दै पर्यटकीय गन्तव्यहरुमा नेटवर्क विस्तार प्रभावकारी बनाउन आग्रह गरे । “जहाँ जनतालाई अति आवश्यक पर्छ, त्यहा एनटीसि हुनुपर्छ”, उनले भने,“यो वर्ष फाइभ जी लन्च छिट्टै गर्नु पर्छ ।”
साथै मन्त्री गुरुङले नेपाल टेलिकमको प्रचार प्रसार गतिविधि निकै कम भएको औँल्याउदै शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा प्रचार गरेर एनटीसीबारे जनतालाई सुसुचित गराउन अनुरोध गरे ।
छलफलमा सञ्चार सचिव राधिका अर्यालले एनटीएले अनुगमनको पाटोलाई प्रभावकारी बनाउनु पर्ने अनुरोध गरे। उनले सुचनाप्रविधिको क्षेत्रमा नविन कार्य गर्दै आएका युवा पुस्तालाई हौसला प्रदान गर्ने खालका कार्य योजना समेत बनाउन निर्देशन दिए ।
“सूचना प्रविधिको क्षेत्रमा नविन कार्य गर्ने युवालाई हौसला दिने खालका गतिविधि समेत समेट्नु पर्छ”, सचिव अर्यालले भने, “यस्ता कार्यक्रमहरु राख्नु समयको माग सँगै राज्यको दायित्व पनि हो ।”
एनटीएका अध्यक्ष भुपेन्द्र भण्डारीले फाइभ जि नेटवर्क सूचारु गर्ने कार्य लगभग अन्तिम चरणमा पुगेको मन्त्री समक्ष जानकारी दिए । अब केहि समयमै टेन्डर प्रक्रिया थालनी गरेर नेटर्वक विस्तार सुचारु गर्ने उनले बताए ।
एनटीसिका निमित्त प्रबन्ध निर्देशक सबिना मास्के प्रधानले पनि फोर जि विस्तार निरन्तर कार्य भइरहेको र फाइभ जि लन्च गर्ने तयारीमा जुटेको बताइन् ।













