नेपाल बीमा प्राधिकरणको सञ्चालकबाट राधा पोखरेलले दिइन् राजीनामा - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

नेपाल बीमा प्राधिकरणको सञ्चालकबाट राधा पोखरेलले दिइन् राजीनामा



काठमाडाैं । नेपाल बीमा प्राधिकरणकी महिला संचालक राधा पोखरेलले राजीनामा दिएकी छिन् । स्वास्थ्य समस्याका कारण बैठकमा सहभागि हुन नसक्ने भन्दै उनले प्राधिकरणको सञ्चालक पदबाट राजिनामा दिएकी हुन् ।

पोख्रेलले गत सोमबार अर्थ मन्त्रालयमा राजीनामा बुझाएकी हुन् । तर, राजीनामा स्वीकृत भएको नभएको विषयमा जानकारी आएको छैन ।

बीमा ऐन, २०७९ ले पाँच सदस्यीय प्राधिकरण सञ्चालकमा एक जना महिला हुनुपर्ने व्यवस्था गरेको छ। यसै व्यवस्था अनुसार अर्थमन्त्री विष्णु पौडेलले गत चैत १ गते चार वर्षका लागि पोखरेललाई प्राधिकरणको सञ्चालक नियुक्त गरेका थिए।

तर नियुक्त गरेको चार महिनामै पोखरेल प्राधिकरणबाट बाहिरिएकी हुन्। पोखरेल विशाल बजार कम्पनीमा पनि सञ्चालक छिन्।


प्रतिक्रिया दिनुहोस्