बैंकमा भयावह बन्दै कोरोना, नविल इन्भेष्टमेण्ट बैंकिङमा १३ जना संक्रमित

काठमाडौं । अहिले बैंकिङ क्षेत्रमा कोरोना व्यापक हुँदै आएको छ । प्रतक्ष सर्वसाधारणसंग हेलमेल हुने बैंकिङ क्षेत्रमा कोरोना भित्रभित्रै सल्किरहेको छ । नबिल इन्भेष्टमेण्ट बैंकिङमा एकै पटक १३ जना कर्मचारीमा कोरोना देखिएको छ ।
केही दिनअघि राष्ट्र बैंकबाट सुरु भएको कोरोना फैलने क्रम नक्साल हात्तिसार कमलपोखरीसम्म व्यापक भएको छ । केही दिनअघि हात्तिसारको सिद्धार्थ बैंक, लक्ष्मी बैंक, प्राइम बैंकमा कोरोना व्यापक फैलिएको छ ।
नक्सालमा रहेको नविल इन्भेष्टमेन्ट बैंकिङमा आइतबार कोरोना परिक्षण गर्दा एकैपटक १३ जनालाई देखिएको छ । नविल इन्भेष्टमेन्ट बैंकिङ नविल बैंकको सहायक कम्पनी हो ।