पूर्वाधार विकासले नेपाली अर्थतन्त्रलाई नयाँ उचाइमा लैजान्छ : मन्त्री दाहाल
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले समाजलाई नराकात्मक चिन्तनबाट मुक्त बनाउनुपर्ने बताए ।
सकारात्मक विचार र चिन्तनले मात्र समाजलाई समृद्ध बनाउन सक्ने भएकाले सवैले नकारात्मक विचार त्यागेर समृद्ध समाज बनाउने तर्फ ध्यान दिनुपर्ने बताए।
सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रले आइतबार ललितपुरमा आयोजना गरेको अक्षलोक साहित्यिक पत्रिका लोकार्पण तथा सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
समाजलाई उज्यालो तर्फ डो¥याउन नकारात्मक विचारहरु बाधक हुने उल्लेख गरे ।
‘यो देशमा केहि भएन, केहि हुँदैन, सवै बिग्रियो भनेर कतिले नकारात्मक सन्देशहरु फैल्याउन पनि खोजि रहेको पाईन्छ’ मन्त्री दाहालले भने,‘तर हाम्रा चार ओटा पूर्वपश्चिम राजमार्गहरु बनि रहेका छन्, त्यस मध्ये एउटा एशियाली मापदण्डमा विस्तार भई रहेको छ । सडक तथा यातायात सञ्चालन, आधुनिक सुरुङ युग तर्फ पुगेको छ, उत्तर दक्षिणका करिडोरहरु धमाधम बनि रहेका छन् । यस्ता सकारात्मक कुराहरु हुँदा हुँदै देशमा केहि भएन र हुँदैन भन्नु गलत हो ।’
सडक तथा पूर्वाधारहरुको विकासले ग्रामिण उपजहरुलाई बजार सम्म लैजान, बजारका उत्पादनहरु गाउँ सम्म पु¥याउन, ग्रामिण क्षेत्रमानै उद्यमशिलताको विकास गर्न सहज भएको भन्दै मन्त्री दाहालले प्राप्त विकास र अवसरहरुलाई आर्थिक उपार्जनसँग जोड्न आवश्यक रहेको पनि बताए ।
लेखन, साहित्य, सिर्जना जस्ता विषयहरुले समाजलाई सकारात्मक दिशा दिन सक्ने भएकाले बिचार र सिर्जना मार्फत समेत सकारात्मक धारणाहरुको विस्तार गर्न सकिने बताए । कार्यक्रममा डा. भगवान कोईराला सहित विभिन्न विशिष्ट व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।













