तीन ठूला जलविद्युत् आयोजना बनाउन ७ कम्पनी ‘सर्टलिस्ट’ - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

तीन ठूला जलविद्युत् आयोजना बनाउन ७ कम्पनी ‘सर्टलिस्ट’



काठमाडौं । निजी क्षेत्रको सहभागितामा निर्माण हुने तीन जलविद्युत् आयोजनाका लागि विद्युत् विकास विभागले सात कम्पनी सर्टलिस्ट गरेको छ ।

बुट मोडलमा सञ्चालन गरिने आयोजनाका लागि विभागले सार्वजनिक आह्वानपछि प्राप्त आवेदनको मूल्यांकन गरी सिफारिस सूची सार्वजनिक गरेको हो ।

सर्टलिस्टमा परेका कम्पनीले आगामी भदौ २४ गतेभित्र प्राविधिक तथा आर्थिक प्रस्ताव बुझाउनु पर्नेछ । प्राविधिक प्रस्ताव सोही दिन दिउँसो १ बजे खोलिने विभागले जनाएको छ ।

विभागले २१.४ मेगावाटको इन्खुखोला–४, ६५ मेगावाटको कालीगण्डकी अपर र ४९.५ मेगावाटको लोती कर्णाली पीआरओआर आयोजनाका लागि आवेदन आह्वान गरेको थियो ।

इन्खुखोला–४ आयोजनाका लागि बेनी हाइड्रोपावर प्रोजेक्ट, माउन्टेन इनर्जी नेपाल लिमिटेड र स्नो रिभर्स सिफारिस भएका छन् ।

यस्तै, कालीगण्डकी अपरको लागि एक्वापिक इनर्जी प्रालि–साहस ऊर्जा जेभी र निलगिरि खोला हाइड्रोपावर कम्पनी छनोटमा परेका छन् ।

यता, लोती कर्णाली आयोजना सञ्चालनका लागि अपि पावर कम्पनी र तारा इनर्जी–भोटेकोसी पावर कम्पनीको संयुक्त जेभी सिफारिस गरिएको छ ।

विभागले सिफारिसमा परेका कम्पनीहरूसँग आवश्यक प्रक्रिया अगाडि बढाउने तयारी गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्