शेयर बजारमा उत्साह, कारोबार रकम भने घट्यो « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

शेयर बजारमा उत्साह, कारोबार रकम भने घट्यो



काठमाडाैं । साताकाे तेस्राे काराेबार दिन मंगलबार सेयर बजारमा उत्साह देखिएकाे छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३०.७६ अंकले बढेकाे छ । १.०३ प्रतिशतले बढेकाे नेप्से परिसूचक आज ३ हजार २.८० बिन्दुमा बन्द भएकाे हाे ।

नेप्से परिसूचक बढे पनि यसदिन काराेबार रकम भने घटेकाे छ । आज ३२१ कम्पनीकाे ४ कराेड १८ लाख ८ हजार ९६६ कित्ता सेयर खरिदबिक्रि हुँदा १८ अर्ब ५२ कराेड ९३ लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

हिजाे ३ सय २१ वटा कम्पनीका ४ करोड ४१ लाख कित्ता शेयर १९ अर्ब ३६ करोड रुपैयाँमा किनबेच भएको थियाे ।

यसदिन विकास बैंक र फाइनान्स र व्यापार समुह घट्दा यस बाहेक अन्य सबै समुहमा हरियाली छाएकाे छ । आज अन्य समुह २.६९, माइक्राेफाइनान्स १.५७, बैंकिङ १.१४, लगानी १.०९ र नीर्जीवन बीमा १.०८ प्रतिशत बढेका छन् ।


प्रतिक्रिया दिनुहोस्