‘प्लाटिनियम ड्राइभर गिभअवे’ अन्तर्गत इनड्राइभद्वारा उत्कृष्ट चालकलाई कार, बाइक र स्मार्टफोन वितरण « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

‘प्लाटिनियम ड्राइभर गिभअवे’ अन्तर्गत इनड्राइभद्वारा उत्कृष्ट चालकलाई कार, बाइक र स्मार्टफोन वितरण



काठमाडाैं । राइड सेयरिङ सेवा प्रदायक इनड्राइभले ‘प्लाटिनियम ड्राइभर गिभअवे’ अभियान अन्तर्गत उत्कृष्ट प्रदर्शन गर्ने चालकहरूलाई सम्मान गर्दै विशेष पुरस्कार वितरण गरेको छ।

२३ जुनदेखि १३ जुलाईसम्म सञ्चालन गरिएको उक्त अभियानमा “जति धेरै राइड, उति धेरै जित्ने सम्भावना” भन्ने मापदण्डका आधारमा विजेता चालकहरू छानिएका थिए।

काठमाडौंमा एक विशेष कार्यक्रमबीच इनड्राइभले एक जनालाई कार, एक जनालाई मोटरसाइकल, र पाँच जनालाई स्मार्टफोन वितरण गरेको छ।

कम्पनीका क्षेत्रीय निर्देशक मार्क टलीको उपस्थितिमा रामेछाप उमाकुण्ड गाउँपालिका–४ निवासी शुभराज सुनारलाई टाटा टीईभी कार, धादिङ सिद्धलेक गाउँपालिका–२ का जीत थापालाई टीभीएस राइडर मोटरसाइकल, र पाँच जनालाई स्मार्टफोन प्रदान गरिएको हो। स्मार्टफोन विजेतामा गुट्टु पोखरेल, समीर वैध, सन्नी बिस्ट, राजेन्द्र कुमार, र धमिराम चौधरी रहेका छन्।

पुरस्कार हस्तान्तरण गर्दै निर्देशक टलीले नेपालका चालकहरूको योगदानबिना इनड्राइभको सफलता सम्भव नभउकाे बताए।

यस्तै इनड्राइभ नेपाल निर्देशक रीता पोखरेलले सामाजिक उत्तरदायित्व बहन गर्दै चालकहरूलाई प्रोत्साहन गर्न यस्ता कार्यक्रम ल्याइएको बताइन्।

कम्पनीले यो अभियानले चालकहरूमा प्रेरणा थप्नुका साथै इनड्राइभको सेवा अझ विश्वसनीय र सशक्त हुने विश्वास व्यक्त गरेको छ।


प्रतिक्रिया दिनुहोस्