सनलङका इलेक्ट्रिक माइक्रोभ्यान नाइमा एक्स्पोमा लन्च हुँदै: ३५० किमी रेन्ज, आधुनिक फिचर, मूल्य कति ? « Arthapath.com
६ असार २०८३, शनिबार

सनलङका इलेक्ट्रिक माइक्रोभ्यान नाइमा एक्स्पोमा लन्च हुँदै: ३५० किमी रेन्ज, आधुनिक फिचर, मूल्य कति ?



काठमाडौं । आउँदो साउन २१ गतेदेखि सुरु हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा चिनियाँ व्यावसायिक गाडी ब्रान्ड सनलङका दुई नयाँ इलेक्ट्रिक माइक्रोभ्यान सार्वजनिक हुने भएका छन् ।

नेपालमा हरित ऊर्जा र विद्युतीय सवारीको बढ्दो आकर्षणसँगै यो एक्स्पोले नयाँ प्रविधि र नवप्रवर्तनलाई अझै मजबुत बनाउने अपेक्षा गरिएको छ ।

वेबर ग्रुपअन्तर्गतको ब्लू कर्पोरेशन प्रालिले ल्याउने तयारीमा रहेको यी दुई मोडेल क्रमशः यू वान र यू टु हुन् । यी दुई सवारीमा क्रमशः १२ र १३ सिट रहनेछन् ।

यू वानमा ४६.३६ किलोवाट र यू टुमा ५०.२३ किलोवाट क्षमताको ब्याट्री प्याक जडान गरिएको छ । दुवै गाडीमा ८० किलोवाटको मोटर प्रयोग गरिएको छ, जसले यू वानलाई ३२५ किमी र यू टुलाई ३५० किमी सम्मको दायरा (रेन्ज) प्रदान गर्छ ।

यी भ्यानहरु आधुनिक फिचर र सुरक्षा प्रविधिमा आधारित छन् । यी भ्यानहरूमा १५ इन्च ह्वील, १८० एमएम ग्राउण्ड क्लियरेन्स, एलसीडी ड्यासबोर्ड, यूएसबी चार्जिङ पोर्ट, एयर कन्डिसन, रिभर्स क्यामेरा, पार्किङ सेन्सर लगायतका सुविधा उपलब्ध छन् ।

सुरक्षाको पक्षमा पनि ध्यान दिइएको छ । एबिएस, इबिडी, एपिएस, इएससी, ब्रेक असिस्ट सिस्टम, फ्रन्ट डिस्क र रियर ड्रम ब्रेकका साथै सिटबेल्ट वार्निङ जस्ता प्रणालीले गाडीलाई सुरक्षित बनाएका छन् ।

कम्पनीले हरेक गाडीको खरिदसँगै ३.३ किलोवाटको पोर्टेबल र ६.६ किलोवाटको वाल माउन्टेड चार्जर उपलब्ध गराउने जनाएको छ ।

नेपालमा निर्धारित मूल्यअनुसार १२ सिटे यू वानको मूल्य ४७ लाख ४७ हजार रुपैयाँ र १३ सिटे यू टुको ५१ लाख ५१ हजार रुपैयाँ तय गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्