साताको अन्तिम दिन पनि नेप्सेमा उच्च गिरावट, १५ अर्ब ९८ करोडको कारोबार
काठमाडौं । साताकाे अन्तिम काराेबार दिन बिहिबार पनि सेयर बजारमा भारी गिरावट आएकाे छ । आज सेयर बजार मापक नेप्से परिसूचक ३१.५० अंकले घटेकाे हाे ।
आज १.०६ प्रतिशतले घटेकाे बजार २९ सय २२ दशमलव ६३ विन्दुमा झरेकाे छ ।
नेप्से परिसूचकसँगै यसदिन काराेबार रकम पनि घटेकाे छ । आज ३१८ कम्पनीकाे ३ कराेड ६८ लाख ७१ हजार २४४ कित्ता सेयर खरिदबिक्रि हुँदा १५ अर्ब ९८ कराेड ८९ लाख ११ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।
हिजाे ३२७ कम्पनीकाे ३ कराेड ६४ लाख १७ हजार ७४२ कित्ता सेयर खरिदबिक्रि हुँदा १६ अर्ब ४४ कराेड १३ लाख ५४ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे थियाे ।
आज फाइनान्स समुह १.१८ प्रतिशतले बढेकाे छ भने बाँकी सबै समुह राताम्य बनेका छन् । यसदिन व्यापार समुह २.४४ प्रतिशत, बैंकिङ समुह १.४४, लगानी समुह १.३२, जीवन बीमा १.२९, जलविद्युत १.१५ र उत्पादन तथा प्रशाेधन समुह १.१४ प्रतिशतले घटेकाे छ ।















