इन्फिनिक्सको नयाँ अफरः १८ महिनाको वारेन्टी र एक पटक निःशुल्क स्क्रिन मर्मत
काठमाडाैं । स्मार्टफोन बजारमा एक प्रमुख स्थान बनाइसकेको इन्फिनिक्स नेपालले आफ्ना ग्राहकहरूका लागि नयाँ र भरपर्दो अफरहरू घोषणा गरेको छ, जसले ग्राहक सन्तुष्टिमा नयाँ उचाइ थपेको छ। कम्पनीले १८ महिनाको विस्तारित वारेन्टी र एकपटक निःशुल्क स्क्रिन मर्मत सुविधा प्रदान गर्ने घोषणा गरेको हो, जुन अफरले स्मार्टफोन प्रयोगकर्ताको अनुभव अझ सुरक्षित, सहज र भरपर्दो बनाउनेछ।
अबदेखि इन्फिनिक्सका सबै नयाँ मोडेलहरू, हट ५०आई, स्मार्ट १०, स्मार्ट १० प्लस, जीटी २० प्रो, जीटी ३० प्रो, नोट ५० एक्स लगायतमा १८ महिनाको वारेन्टी उपलब्ध हुनेछ। यो कदम कम्पनीको उत्पादन गुणस्तर र ग्राहक सेवाप्रतिको विश्वासिलो प्रतिबद्धताको संकेत हो।
त्यस्तै, ग्राहकलाई थप राहत दिने उद्देश्यले १०० दिनभित्र एकपटक निःशुल्क स्क्रिन मर्मत सुविधा पनि लागू गरिएको छ। मोबाइल सक्रिय गरिएको मितिबाट १०० दिनभित्र कुनैपनि आकस्मिक स्क्रिन क्षति भएमा कम्पनीले निःशुल्क मर्मत सेवा उपलब्ध गराउनेछ। यो योजना २०८२ असार १७ देखि कात्तिक १४ गते (जुलाई ९ देखि अक्टोबर ३१, २०२५) सम्म लागू हुनेछ।
इन्फिनिक्स स्मार्टफोनहरूमा ब्याण्ड २० नेटवर्क समर्थन उपलब्ध रहेकोले, नेपालका दुर्गम र उच्च भूभागमा समेत सशक्त नेटवर्क कनेक्टिभिटी सुनिश्चित हुने कम्पनीको दाबी छ।
देशका मुख्य मोबाइल सेवा प्रदायकहरूले प्रयोग गर्ने ब्याण्ड २० फ्रिक्वेन्सीको समर्थनले इन्फिनिक्सका प्रयोगकर्ताहरूलाई कम सिग्नल भएका स्थानहरूमा पनि स्थिर इन्टरनेट र कल सेवाको सुविधा मिल्नेछ।
कम्पनीले सबै नयाँ मोडेलहरूमा १८ महिनाको विस्तारित वारेन्टी दिने घोषणा गरेको छ, जसले लामो समयसम्म भरपर्दो प्रयोग सुनिश्चित गर्छ। साथै, मोबाइल सक्रिय गरेको मितिबाट १०० दिनभित्र एकपटक निःशुल्क स्क्रिन मर्मत सेवा पनि उपलब्ध हुनेछ, जसले आकस्मिक क्षतिबाट हुने आर्थिक बोझ कम गर्नेछ। त्यस्तै, इन्फिनिक्सका सबै नयाँ उपकरणहरूमा ब्याण्ड २० नेटवर्क समर्थन उपलब्ध भएकाले देशका उच्च भूभागहरूमा समेत स्थिर र सशक्त नेटवर्क सेवा सुनिश्चित गरिएको कम्पनीको दाबी छ। यी सुविधाहरूले ग्राहकलाई थप सुरक्षित, सहज र भरोसायोग्य सेवा अनुभव गराउने अपेक्षा गरिएको छ।
















