आइटिमा युवा रोजगारको प्रशस्त सम्भावना, सूचना प्रविधिको समृद्धि नै अबको विकास
काठमाडौं । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले अबका युवाहरुले आइटि क्षेत्रमा अब्बल भई सिर्जनात्मक भविष्य बनाउनमा जोड दिनुपर्ने बताए ।
आज काठमाडौमा कान्तिपुर सिटि कलेजमा आयोजीत ‘केसीसी एक्जीविसन–२०२५’ को उद्घाटन गर्दै मन्त्री गुरुङले देशलाई सूचनाप्रविधिमा दक्षजनशक्तीको आवश्यकता रहेको बताउदै आइटिमा युवा रोजगारको प्रशस्त सम्भावना रहेको समेत सुनाए । उनका अनुसार देशविदेशमा त्यहाँको सूचनाप्रविधिले गरेको विकासले धेरै अगाडी पुगेकोछ ।
नेपालमा सूचनाप्रविधिका विकासका थुप्रै सम्भावना छन् तर, प्रशस्त जनशक्तीको अभाव, प्रभावकारी नीतिको अभाव र आइटि इन्फास्टक्चरको कमिका कारण व्यवहारमा उतार्न चुनौती खेप्नुपरेको मन्त्री गुरुङले बताए । तर, पनि एआईलाई नै भविष्यको लक्ष्य निर्धारण गरेर अब्बल बन्छु भन्ने सिर्जनशील युवाहरुका लागि नेपाल मै रोजगार पाउने अवसर विस्तारै राज्यले निर्माण गर्ने विश्वास दिलाए ।
‘यो वर्ष हामी आइटि सम्बन्धी इन्फास्टक्चरहरुको निर्माण गर्ने देखि फो जि घर घर पुर्याउने र फाइभजीको लन्च गर्ने भएका छौँ’ मन्त्री गुरुङले भने,‘अबको विकास भनेको सूचनाप्रविधिको समृद्धि नै विकास हो ।’
कार्यक्रममा क्यानका अध्यक्ष सुनैना घिमिरेले युवाहरुले सूचनाप्रविधिको माध्यमबाट नविन कार्य सुरु गरेर स्वदेशमै रोजगारका प्रशस्तै अवसरहरु प्राप्त गरिरहेका उदाहरण दिए ।
‘मेहनत गर्ने र आइटि सम्बन्धी ज्ञान राख्नेलाई आयआर्जन गर्न दुख छैन’, उनले भने,‘क्यानले यस्ता युवालाई सहयोग र प्रोत्साहन समेत गर्दै आएकोछ ।’
त्यस्तै, कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान(नास्ट) का सचिव डा. रविन्द्र प्रसाद ढकालका अनुसार देशमा इन्जीनियरको निकै खाँचो छ । यहाँ पढेर विदेश जाने युवाहरु बढ्दै गर्दा मुलुक कसले समृद्धितर्फ लैजान्छ ? भन्ने चिन्ताको विषय बन्दै छ । उनले युवा विदेश पलायन हुनु भनेको राज्यले सहि वातावरण स्वदेशमा दिनसक्नुको परिणाम रहेको बताए ।
यद्यपि, सुचनाप्रविधिको विकासले पछिल्लो समय स्वदेशमै बसेर सिर्जनात्मक कार्य गर्ने आशा लाग्दा युवाहरु पनि रहेको बताए । ‘सूचनाप्रविधिले युवा स्वदेशमै टिकाउन सकिने आधारहरु छन्, तर त्यसको लागि उपयुक्त काम गर्ने वातावरण राज्ले महशुस गराउन सक्नुपर्छ’, डा. ढाकालले भने,‘ दुई दिन सम्म रहने प्रर्दशनीमा युवाहरुले बनाएका आइटि सम्बन्धी थुप्रै नविन कामका नमुना प्रर्दशन गरिएकोछ ।’












