खेल क्षेत्रलाई व्यवसायिक बनाउन आवश्यक « Arthapath.com
५ असार २०८३, शुक्रबार

खेल क्षेत्रलाई व्यवसायिक बनाउन आवश्यक



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले खेल क्षेत्रलाई व्यवसायिक बनाउनु आवश्यक रहेको बताएका छन् ।

नेपाल खेलकुद महासङ्घ कर्णाली प्रदेशको दोस्रो अधिवेशनलाई आज सुर्खेतमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले खेलकुद मार्फत युवाहरूलाई आत्मनिर्भर बनाउने वातावरण हामी सबै मिलेर बनाउनु पर्ने उल्लेख गरे । खेलले युवालाई सिर्जनशील, अनुशासित, र जिम्मेवार नागरिक बनाउन सहयोग गर्ने मुख्यमन्त्री कँडेलको भनाई थियो ।

कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश इन्चार्ज गोरख बोगटी, नेकपा एमाले प्रदेश कमिटी अध्यक्ष गुलाबजंग शाह, उपाध्यक्ष टेकराज पछाई, नेपाल खेलकुद महासंघका उपाध्यक्ष दिपेन्द्र दाहाल, नेपाल खेलकुद महासंघ कर्णाली प्रदेशका पदाधिकारी, कर्णालीका दश जिल्लाका जिल्ला प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्