आज २३३ कम्पनीको सेयर भाउ घट्यो, दुई कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक
काठमाडौं । आइतबार कारोबारमा आएका २०० बढी कम्पनीको सेयर भाउ घटेको छ ।
साताको पहिलो कारोबार दिन २३३ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको हो । उक्त दिन दुई वटाको सेयर भाउ नकरात्मक सर्किट लागेको छ ।
आज सान्भि इनर्जीको सेयर भाउ ९.९९ प्रतिशत घटेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८९.१० रुपैयाँ घटेर ८०२.४० रुपैयाँ कायम भएको छ ।
यता, समता घरेलुको सेयर भाउ पनि ९.९६ प्रतिशत घटेको छ । प्रतिकित्ता ११८.६५ रुपैयाँ घटेर १ हजार ७२.८० रुपैयाँ कायम भएको छ । आज यीसहित २३३ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।














