अमट्रेड कनेक्ट एपमार्फत पहिलो रिडेम्सन: जनकपुरको न्यु राम जानकी ब्याट्री सेन्टरलाई मोबाइल फोन पुरस्कार « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

अमट्रेड कनेक्ट एपमार्फत पहिलो रिडेम्सन: जनकपुरको न्यु राम जानकी ब्याट्री सेन्टरलाई मोबाइल फोन पुरस्कार



काठमाडाैं । जनकपुरस्थित न्यु राम जानकी ब्याट्री सेन्टर अमट्रेड प्रालिको नवनिर्मित “अमट्रेड कनेक्ट“ एप्लिकेसन मार्फत पुरस्कार रिडिम गर्ने पहिलो च्यानल पार्टनर बन्न सफल भएको छ ।

यसरी एपमार्फत रिडिम गरिएको पहिलो पुरस्कारको रूपमा सेन्टरले एक स्मार्टफोन प्राप्त गरेको छ ।

अमट्रेड कनेक्ट एप्लिकेसन सन् २०८२ सालको वैशाखमा आधिकारिक रूपमा सार्वजनिक गरिएको थियो । अमट्रेडले यो एप आफ्ना च्यानल पार्टनरहरूसँगको व्यापारिक सम्बन्धलाई मजबूत बनाउन, उनीहरूको समर्पणलाई सराहना गर्न र डिजिटल माध्यमबाट एकअर्कासँग जोड्ने उद्देश्यले सुरु गरेको हो ।

न्यु राम जानकी ब्याट्री सेन्टरका सञ्चालक पंकज कुमार साहले यो मोबाइल फोन पुरस्कार सफलतापूर्वक रिडिम गरे।

अमट्रेडका वरिष्ठ सेल्स अधिकारी हरि सुन्दर दुबेदीले एक विशेष कार्यक्रमको अवसरमा उक्त पुरस्कार सञ्चालक साहलाई हस्तान्तरण गरे ।

पुरस्कार ग्रहण गर्दै सञ्चालक पंकज कुमार साहले भने, “ अमट्रेड कनेक्ट एपमार्फत पहिलो पुरस्कार रिडिम गर्न पाउँदा म धेरै खुसी र उत्साहित छु । यसले हामी जस्ता डिलरहरूको कामको प्रतिफल र मूल्यांकन भएको महसुस गराएको छ र भविष्यमा अझ बढी उत्साहका साथ काम गर्न प्रेरित गरेको छ । “

यो पहिलो रिडेम्सनले गर्दा एपको सुरुवात नै उत्साहजनक रहँदैछ । अमट्रेडले आगामी दिनहरूमा यसैगरी थप धेरै च्यानल पार्टनरहरूले यस एपको माध्यमबाट लाभान्वित हुने अपेक्षा राखेको छ ।


प्रतिक्रिया दिनुहोस्