१ कार्तिक २०८३, आइतबार

निर्माण व्यवसायी बानियाँ बने बागमती प्रदेशको नयाँ मुख्यमन्त्री



काठमाडौं । बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन् ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उनलाई ११० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनाएका हुन् ।

मकवानपुर निवासी बानियाँ बागमती प्रदेशका छैठौं मुख्यमन्त्री हुन् । यसअघिका पाँच डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामा मुख्यमन्त्री बनिसकेका छन् ।

निर्माण व्यवसायी बानियाँ मकवानपुरबाट मुख्यमन्त्री बनेका दोस्रो व्यक्ति हुन् । २०७० सालमा संविधानसभा सदस्यका रूपमा प्रत्यक्ष निर्वाचित उनले २०७३ सालमा गृह राज्यमन्त्री र संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको जिम्मेवारी पनि सम्हालेका थिए ।