एमसिए नेपालका निर्माण तथा सेवा प्रदायक कम्पनीलाई कर छुट दिने सरकारको निर्णय « Arthapath.com
५ असार २०८३, शुक्रबार

एमसिए नेपालका निर्माण तथा सेवा प्रदायक कम्पनीलाई कर छुट दिने सरकारको निर्णय



काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गत कार्यरत एमसिए नेपाल मार्फत काम गर्ने निर्माण तथा सेवा प्रदायक कम्पनीहरूले अब आयकर छुट पाउने भएका छन् ।

सरकारले आर्थिक वर्ष २०८२–८३ का लागि उनीहरूको एमसीसी अनुदान (नेपाल सरकारको योगदानसहित) बाट आर्जन हुने आम्दानीमा आयकर छुट दिने निर्णय गरेको हो ।

गत आइतबार (साउन १८ गते) बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय निर्णय गरेको हो । आर्थिक ऐन, २०८२ को दफा १८ को उपदफा (१) बमोजिम कर छुट दिने निर्णय गरिएको हो । यसरी दिइएको कर छुटको विवरण नेपाल राजपत्रमा प्रकाशन गरी सार्वजनिक गर्ने पनि बैठकले निर्णय गरेको छ ।

यस्तै, नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी बीच २०७४ साल भदौ २९ गते (१४ सेप्टेम्बर २०१७) मा हस्ताक्षर भएको सहायता सम्झौताअन्तर्गत धारा ३ को उपधारा ३.५ मा उल्लेख गरिएको एमसीसी अनुदान अन्तर्गत कर छुट कार्यान्वयनका उपायहरू सम्बन्धी कार्यान्वयन पत्रलाई पनि स्वीकृत गर्ने निर्णय सरकारले गरेको छ ।


प्रतिक्रिया दिनुहोस्