मुक्तिनाथ म्युचुअल फण्ड १ ले ३.८० प्रतिशत नगद लाभांश दिने
काठमाडाैं । मुक्तिनाथ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित मुक्तिनाथ म्युचुअल फण्ड १ ले गत आर्थिक वर्षको नाफाबाट इकाईधनीहरुलाई वितरण गर्न ३.८० प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
साउन २० गते बसेको योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
लाभांश वितरण प्रयोजनका लागि फण्डले साउन ३० गते एक दिनका लागि बुकक्लोज गर्ने जनाएको छ । त्यसअनुसार साउन २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका इकाईधनीहरु लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।













