नेप्सेमा दाेहाेराे अंककाे सुधार, काराेबार रकम साढे ५ अर्ब माथि - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नेप्सेमा दाेहाेराे अंककाे सुधार, काराेबार रकम साढे ५ अर्ब माथि



काठमाडौं । लगातार २ दिन घटेकाे सेयरबजार साताकाे अन्तिम काराेबार दिनबिहिबार दाेहाेराे अंकले बढेकाे छ।

आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १८.३० अंकले बढेर २८ सय ५० दशमलव ३७ बिन्दुमा रोकिएको हाे ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । आज ३१८ कम्पनीको २ करोड ५४ लाख ३ हजार ५४० कित्ता सेयर खरिदबिक्रि हुँदा ५ अर्ब ५३ करोड ७५ लाख रुपैयाँ कारोबार भएको छ ।

हिजाे ३ सय २० वटा कम्पनीका २ करोड १६ लाख कित्ता शेयर ७ अर्ब ६३ करोड रुपैयाँमा किनबेच भएको थियो ।

यस दिन सर्वाधिक सिक्लेस हाइड्रोपावरको शेयरमूल्य ९.८१ प्रतिशत र बरुण हाइड्रोपावरको शेयरमूल्य साढे ९.७८ प्रतिशतले बढेकाे छ ।

यता उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ८.२६ प्रतिशत घटेको छ।


प्रतिक्रिया दिनुहोस्