सिक्लेस हाइड्रोपावरको लाभांश घोषणा « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

सिक्लेस हाइड्रोपावरको लाभांश घोषणा



काठमाडाैं । सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ।

कम्पनीको साउन २५ गते सम्पन्न सञ्चालक समितिको बैठकले बोनस र नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

निर्णय अनुसार, कम्पनीले हालको चुक्ता पूँजीको १५ प्रतिशत बराबर बोनस शेयर र कर तिर्ने प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश दिनेछ।

साथै, बोनस शेयर वितरणपछि कायम हुने पूँजीको आधारमा १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने योजना पनि कम्पनीले सार्वजनिक गरेको छ।

तर, यी प्रस्तावहरू शेयरधनीहरूको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछन्। त्यसपछि मात्र शेयरधनीहरूले लाभांश तथा हकप्रद शेयरको सुविधा प्राप्त गर्न सक्नेछन्।


प्रतिक्रिया दिनुहोस्