२८.४४ अंकले घट्याे नेप्से, काराेबार रकममा भने सुधार
काठमाडाैं । साेमबार नेपाल स्टक एक्सचेञ्ज नेप्से दाेहाेराे अंकले घटेकाे छ । आज सेयर बजार मापक नेप्से परिसूचक २८.४४ अंकले घटेर २ हजार ८ सय ९२ दशमलव २१ बिन्दुमा झरेकाे छ ।
सोमबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने सुधार भएको छ । आज नेप्सेमा ३२४ कम्पनीकाे २ कराेड ५० लाख ९२ हजार ४९० कित्ता सेयर किनबेच हुँदा कुल १० अर्ब २१ करोड रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ ।
गत बिहिबार ३१८ कम्पनीको २ करोड ५४ लाख ३ हजार ५४० कित्ता सेयर खरिदबिक्रि हुँदा ५ अर्ब ५३ करोड ७५ लाख रुपैयाँ कारोबार भएको थियाे ।
आज म्युचुअल फण्ड र अन्य समुह बाहेक सबै समुहका उपसूचक घटेका छन् । यसदिन माइक्राेफाइनान्स २.३५ प्रतिशत र विकास बैंक समुह २.३१ प्रतिशतले घटेका छन् ।













