राज्य व्यवस्था समितिको सभापतिबाट राजीनामा दिँदै रामहरि खतिवडा
काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले जिम्मेवारीपूर्ण निर्णय लिँदै समितिको सभापतिको पदबाट राजीनामा दिने भएका छन्।
मंगलबारको प्रतिनिधिसभा बैठक शुरू हुनु अघि उनले सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेसँग छलफल गरेका थिए । बैठकमा बोल्नका लागि समेत उनले सभामुखसँग समय मागेका छन्।
हालै गठित कुलिङ अफ पिरियडसम्बन्धी छानबिन विशेष समितिले समितिका केही निर्णयप्रति प्रश्न उठाउँदै खतिवडा र समितिका सचिव सुरजकुमार दुरालाई जिम्मेवार ठहर गरेको थियो।
सो विषयमा जवाफदेही हुने प्रतिबद्धता स्वरूप खतिवडाले सभापतिको जिम्मेवारीबाट अलग हुने तयारी गरेको बुझिएको छ।















