७ श्रावण २०८३, बिहिबार

एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनीकाे नाफामा चामत्कारिक वृद्धि, ८ गुणाले बढ्याे प्रतिसेयर आम्दानी



काठमाडाैं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा उल्लेखनीय वित्तीय प्रगति गरेको छ।

कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमासको वित्तीय विवरणअनुसार, अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद नाफा ८८९.०३ प्रतिशतले बढेको छ।

गत आर्थिक वर्षमा कम्पनीले ६७ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले ६ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीकाे प्रतिसेयर आम्दानी ८ गुणाले बढेर ५३ रूपैयाँ २३ पैसा र प्रतिसेयर नेटवर्थ २५० रूपैयाँ १५ पैसा पुगेकाे छ ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कम्पनी प्रतिसेयर आम्दानी ५.५५ रूपैयाँ र प्रतिसेयर नेटवर्थ १५८.९९ रूपैयाँ रहेकाे थियाे ।

समिक्षा अवधिमा कम्पनीकाे कुल आम्दानी ९००.४४ प्रतिशतले बढेर १ अर्ब १० लाख ७१ हजार रूपैयाँ पुगेकाे छ । अघिल्लाे आर्थिक वर्षमा यस्ताे आम्दानी १० कराेड रूपैयाँमा सिमित थियाे ।


प्रतिक्रिया दिनुहोस्