८ श्रावण २०८३, शुक्रबार

लगातर तीन दिनको गिरावटपछि सेयर बजारमा सुधार, कारोबार रकम पनि बढ्यो



काठमाडौं । लगातारको गिरावटपछि सेयर बजारमा सामान्य सुधार देखिएको छ । साताको अन्तिम कारोबार दिन बजार ४.१२ अंक बढेको हो ।

बिहीबार बजार २ हजार ७८९.८७ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज बैंकिङ्ग समूह, फाइनान्स, हाइड्रोपावर, निर्जीवन बीमा र म्युचुअल फन्डमा गिरावट आएको छ । तर, यी बाहेकका अन्य इन्डेक्स भने बढेको छ ।

आज बजारसँगै कारोबार रकम पनि वृद्धि भएको छ । आज ७ अर्ब ४६ करोड ४१ लाख ७७ हजार रुपैयाँ बराबरको १ करोड ९२ लाख ५८ हजार ४४५ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका मध्ये १४१ वटा कम्पनीको सेयर मूल्य घटेको छ । तर, १०८ कम्पनीको भने बढेको छ ।


प्रतिक्रिया दिनुहोस्